नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२०८२ वैशख २८ गते आइतबार ।
बीमा खबर । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख ३० गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
वैशाख २९ गते, सोमबार, बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा भएकोले आजसम्म कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा सहभागि हुन र वितरण गर्ने लाभांश प्रप्त गर्न योग्य हुनेछन् ।
इन्स्योरेन्सले जेठ ९ गते, शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा २९ औँ वार्षिक साधारणसभा बोलाएको छ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।