पाँच दिनसम्म बढेको सुनको भाउ शुक्रबार घट्यो


२०८२ वैशाख २६ गते शुक्रबार ।

बैंकको खबर । यसअघि लगातार ५ दिन बढेको सुनको भाउ आज (शुक्रबार) घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको जनाएको छ । 

छापावाल सुन आज एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहीबार तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । महासंघका अनुसार तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

शेयर गर्नुहोस