सुनको मूल्य ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँ पुग्यो
२०८२ वैशाख २५ गते बिहीबार ।
बैंकको खबर । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९६५ रुपैयाँ थियो ।