अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्ट्रलिङको भाउ बढ्यो


२०८२ वैशाख २५ गते बिहीबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा थियो ।

केन्द्रीय बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो युरो एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा थियो । यसैगरी आज बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा थियो । 

केन्द्रीय बैंकले आजका लागि स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०९ पैसा तोकेको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा तोकेको छ । 

सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

शेयर गर्नुहोस