सुनको मूल्य पाँच हजार ३००ले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँ पुग्यो
२०८२ वैशाख २३ गते मंगलबार ।
अर्थतन्त्र । नेपाली बजारमा आज (वैशाख २३ गते) सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ ।
अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध र मन्दीको डरका कारण यस वर्ष सुनको मूल्य प्रति औंस ३,७०० डलर पुग्न सक्ने अनुमान भइरहेको छ । विदेशी लगानी बैंक गोल्डम्यान स्याक्सले यो अनुमान गरेको हो ।
मंगलबार बिहान अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३३७० अमेरिकी डलर पुगेको छ ।