नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव
२०८२ वैशाख २३ गते मंगलबार ।
बीमा खबर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
यस अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सन्चालन गरेको इन्स्योरेन्सले जनाएको छ ।
रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरेको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्दै सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु, सेयरधनीहरु, सम्पूर्ण ग्राहक वर्ग, अभिकर्ताहरु, कर्मचारीहरु, नियामक निकायका साथै सबै सरोकारवालाहरुमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि सबैको माया, विश्वास र सहकार्य पाइरहने विश्वास व्यक्त गरेका छन् ।