भारतले आईएमएफ बोर्डमा परमेश्वरन अय्यरलाई पठायो


२०८२ वैशाख २२ गते सोमबार । 

अन्तर्राष्ट्रिय । भारतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बोर्डमा अस्थायी निर्देशकको रूपमा परमेश्वरन अय्यरलाई मनोनित गरेको छ। 

परमेश्वरनले मे ९ मा हुने आईएमएफ बैठकमा भारतको प्रतिनिधित्व गर्नेछन् । 

भारत सरकारले दुई दिन अघि आईएमएफ बोर्डको निर्देशकबाट कृष्णमूर्ति सुब्रमण्यमलाई बर्खास्त गरेको थियो। 

परमेश्वरन हाल विश्व बैंकमा भारतका तर्फबाट कार्यकारी निर्देशक छन् ।

शेयर गर्नुहोस