आजको विदेशी मुद्राको विनिमय दरः डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

२०८२ असार २४ गते मंगलबार ।
बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा थियो ।
आज युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको भाउ पनि बढेको छ । राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा थियो । यस्तै आजका लागि बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो पाउण्ड एकको खरददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९६ पैसा थियो ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा तोकिएका छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर