सेयरबजारमा करेक्सन

२०८२ असार २३ गते सोमबार ।
बैंकको खबर । लगातार ६ करोबार दिन बढेको सेयरबजारमा सोमबार करेक्सन देखिएको छ । कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ३५ अंकले घटेर दुई हजार ६८४ विन्दुमा झरेको छ ।
आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बराबरको एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४८ कम्पनीमध्ये २०९ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा देखिएको हो । यद्यपी यसदिन ३९ कम्पनीको सेयरमूल्य भने घटेको छ ।
होटल तथा पर्यटन समूह ०.६१ र म्युचुअल फण्ड ०.०७ प्रतिशतले बढेको छ भने अरु सबै समूह घटेका छन् । बैंकिङ समूश ०.७९ प्रतिशत, विकास बैंक ०.८१, फाइनान्स ३.७६, जलविद्युत् १.०२ र लगानी ०.७६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, लघुवित्त ०.७०, निर्जीवन बिमा ०.६६, व्यापार १.२५ र अन्य १.१५ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।