एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे+नेटवर्कबाट नेपालपे क्युआर मर्चेन्टमा भुक्तानी गर्न सक्ने सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे+नेटवर्कबाट नेपालपे क्युआर मर्चेन्टमा भुक्तानी गर्न सक्ने सम्झौता

बैंकको खबर । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे+नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । 

सम्झौता पछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे+मा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

अलिपे+ नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आवद्ध छन् । यस सम्झौता पछि यस बैंकमा जोडिएका मर्चेन्टहरुले अलिपे+ नेटवर्कमा जोडिएका मुलुकहरुका पर्यटकहरुले नेपालपे क्युआरमार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् । 

बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तर देशीय क्युआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । 


शेयर गर्नुहोस