कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राय पक्राउ

२०८२ जेठ १९ गते आइतबार ।
बैंकको खबर । कर्र्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनी २०७६ देखि २०७९सम्म बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको हो ।
बैंकमा रहेको करिब पाँच अर्ब रुपैयाँ निक्षेप हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । बैंकमा निक्षेप अपचलन भएको बारे अनुसन्धान अघि बढेपछि उनी फरार भएका थिए ।
सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ । उनले आफू अध्यक्ष भएको बेला आफ्नै कम्पनीलाई ऋण दिएका थिए ।
निक्षेप अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभागप्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको अन्तरिक छानबिनको क्रममा खुलेको थियो ।
अहिले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।