सुनचाँदीको मूल्य सामान्य घट्यो

२०८२ जेठ १३ गते मंगलबार ।
काठमाडौँ । सोमबारको तुलनामा आज (मंगलबार) सुनचाँदीको मूल्य केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको जनाएको छ ।
आज बजारमा सुनको कारोबार प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा भइरहेको छ । यस्तै चाँदीको कारोबार प्रतितोला एक हजार ९९५ रुपैयाँमा भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।