सुनको मूल्य तोलामा ११०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ११०० रुपैयाँ घट्यो

२०८२ जेठ ९ गते शुक्रबार । 

बैंकको खबर । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएपछि शुक्रबार नेपाली बजारमा पनि मूल्य सस्तिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँ सस्तो भएको छ ।

आज बजारमा छापावाल सुनको कारोबार प्रतितोला तोला एक लाख ९० हजार ४०० रुपैयाँमा भइरहेको छ । 

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । बजारमा चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । 
    
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको छ ।


शेयर गर्नुहोस