बैंकर्स संघका पदाधिकारी र नवनियुक्त गभर्नर डा. पौडेलबीच भेटवार्ता

२०८२ जेठ ९ गते शुक्रबार ।
बैंकको खबर । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् ।
संघका पदाधिकारीहरुले बिहीबार भएको भेटमा नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिँदै बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् ।
नवनियूक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।