सुनको मूल्यमा गिरावट, तोलाको ३५ सय रुपैयाँ घट्यो

२०८२ जेठ १ गते बिहीबार ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। आज (जेठ १ गते) सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । बजारमा चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपछि नेपालमा पनि मूल्य घटेको ब्यापारीहरुले बताएका छन् । बिहीबार बिहान अन्तर्राष्ट्रिय बेन्चमार्कमा सुनको कारोबार प्रति औंस १३४५ अमेरिकी डलर हाराहारीमा भइरहेको छ ।