माइक्रोसफ्टले ६,८०० कर्मचारीलाई जागिरबाट हटाउने

माइक्रोसफ्टले ६,८०० कर्मचारीलाई जागिरबाट हटाउने

२०८२ वैशाख ३१ गते बुधबार । 

वासिङ्टन डिसी । टेक कम्पनी माइक्रोसफ्टले ६,८०० कर्मचारीलाई जागिरबाट हटाउने भएको छ। यो संख्या कम्पनीमा कार्यरत कुल कर्मचारीको तीन प्रतिशत हो । 

हाल माइक्रोसफ्टमा २ लाख २८ हजार कर्मचारी काम गर्छन् । माइक्रोसफ्टेल सन् २०२३मा पनि ठूलो संख्यामा कर्मचारी कटौति गरेको थियो । त्यसबेला कम्पनीले करिब १० हजार कर्मचारीलाई कामबाट निकालेको थियो । 

मिडिया रिपोर्टहरूका अनुसार यो कटौती कार्यसम्पादनमा आधारित छैन। माइक्रोसफ्टका प्रवक्ताले कम्पनीलाई राम्रो स्थितिमा ल्याउन आवश्यक पर्ने परिवर्तनहरू निरन्तर कार्यान्वयन गरिरहेको बताएका छन् । 

माइक्रोसफ्ट १९७५ मा सुरु भएको थियो

माइक्रोसफ्ट कम्पनी त्यतिबेला सुरु भएको थियो जब धेरैजसो अमेरिकीहरूले टाइपराइटर प्रयोग गर्थे। 

बिल गेट्सले सन् १९७५ मा आफ्नो बाल्यकालको साथी पल एलेनसँग मिलेर यसको जग बसालेका थिए। 

माइक्रोप्रोसेसर र सफ्टवेयरको आद्याक्षर मिलाएर यसलाई माइक्रोसफ्ट नाम दिइएको थियो। 

सुरुमा कम्पनीले व्यक्तिगत कम्प्युटर अल्टेयर ८८०० को लागि सफ्टवेयर सिर्जना गरेको थियो। सन् १९८५ मा माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम लन्च गरेको थियो ।


शेयर गर्नुहोस