सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०८२ वैशाख ३१ गते बुधबार ।
बैंकको खबर । नेपाली बजारमा आज (२०८२ वैशाख ३१ गते बुधबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको जनाएको छ । आज बजारमा छापावाल सुनको कारोबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा भइरहेको छ । हिजो मंगलबार एक लाख ८४ हजार ८०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेको छ। आज बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।