नेशनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

२०८२ वैशाख ३१ गते बुधबार ।
बीमा खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
२०८२ वैशाख ३१ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । इन्स्योरेन्सले सो लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने निर्णय पनि गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।