सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो

२०८२ वैशाख ३० गते मंगलबार ।
अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक लाख ८६ हजार ८०० रुपैयाँमा थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ ।