सुनको मूल्य आज तोलामा ३७ सय रुपैयाँ घट्यो

सुनको मूल्य आज तोलामा ३७ सय रुपैयाँ घट्यो

२०८२ वैशाख २९ गते सोमबार । 

बैंकको खबर । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँ घटेको छ । 

बजारमा छापावाल सुनको कारोबार प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँमा भइरहेको छ । हिजो आइतबार सुनको मूल्य एक लाख ९० हजार ५ सय रुपैयाँ थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँ घटेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजार सुनको मूल्यमा कमी आएका कारण नेपालमा पनि घटेको व्यवसायीहरुले बताएका छन् । सोमबार बिहान अन्तर्राष्ट्रिय बेन्चमार्कमा सुनको कारोबार प्रति औंस ३२८० अमेरिकी डलर हाराहारीमा भइरहेको छ । 


शेयर गर्नुहोस