प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

२०८२ वैशाख २८ गते आइतबार । 

बैंकको खबर । प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले सरकारले आर्थिक वर्ष २०८२/८३का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसपछि वैशाख २२ देखि २८ गतेसम्म छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए । 

नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । जसको निर्णयार्थ प्रस्तुत भएकोमा अस्वीकार भएको थियो । 


शेयर गर्नुहोस