सुनको मूल्य समान्य घट्यो

सुनको मूल्य समान्य घट्यो

२०८२ वैशाख २८ गते आइतबार । 

बैंकको खबर । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ प्रतितोला तीन सय रुपैयाँ घटेको छ ।

आज  बजारमा छापावाल सुनको कारोबार १ लाख ९० हजार ५ सय रुपैयाँमा भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । चाँदी शुक्रबार तोलामा १ हजार ९ सय ६० रुपैयाँ रहेकोमा आज १ हजार ९ सय ७० रुपैयाँ पुगेको छ ।


शेयर गर्नुहोस