राष्ट्र बैंकले बजारबाट ३० अर्ब तान्दै, कर्जा विस्तार हुन सकेन

२०८२ वैशाख २८ गते आइतबार ।
बैंकको खबर । बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज (आइतबार) पनि ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ तान्न लागेको हो ।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने साँवाब्याज भुक्तानी आगामी १८ जेठमा हुनेछ ।