लामो समयपछि सेयरबजारमा उत्साह, नेप्से ६२ अंक बढ्यो

लामो समयपछि सेयरबजारमा उत्साह, नेप्से ६२ अंक बढ्यो

२०८२ वैशाख २४ गते बुधबार । 

बैंकको खबर । लामो समयपछि सेयरबजारमा बुधबार उत्साह देखिएको छ । कारोबार मापक नेप्से परिसूचक ६२.२५ अङ्कले बढेर २६७३.६९ विन्दुमा कायम भएको छ । यो २.३८ प्रतिशतको वृद्धि हो ।

परिसूचकमा वृद्धि आएसँगै कारोबार रकम पनि उत्साहजनक रुपमा बढेको छ । आज मात्रै १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका २४६ कम्पनीमध्ये २२७ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर १८ कम्पनीका सेयरधनीले आज पनि गुमाएका छन् । बाँकी एउटा कम्पनी ङादी ग्रुप पावरको सेयरमूल्य स्थिर रहेको छ ।

सबैभन्दा धेरै फाइनान्स समूह ५.४७ प्रतिशत बढेको छ । त्यसपछि  जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ । यसैगरी, बैंकिङ २.९७ प्रतिशत, विकास बैंक २.४० प्रतिशत, होटल तथा पर्यटन १.५९, लगानी ०.८१ प्रतित र जीवन बिमा समूह २.४४ प्रतिशतले बढेको छ । यस्तै, उत्पादन तथा प्रशोधन १.१८ प्रतिशत, लघुवित्त २.२४ प्रतिशत, म्युचुअल फण्ड ०.५७ प्रतिशत, निर्जीवन बिमा २.६७ प्रतिशत, व्यापार ०.५३ प्रतिशत र अन्य समूह २.५३ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मासितिकल्स लिमिटेड, पिपल्स हाइडेपावर कम्पनी लिमिटेडको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 


शेयर गर्नुहोस