बजारमा अधिक तरलता, राष्ट्र बैंकले आजपनि ३५ अर्ब तान्दै

२०८२ वैशाख २४ गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज पनि ३५ अर्ब रुपैयाँ तान्ने भएको छ ।
बैंकिङ प्रणालीमा लामो समयदेखि अधिक तरलता छ । कर्जाको माग न्यून भएपछि बैंक तथा वित्तीय संस्थाले पर्याप्त मात्रामा कर्जा विस्तार गर्न सकिरहेका छैनन् । त्यसैले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत हरेक हप्ता बजारबाट पैसा प्रशोचन गर्दै आएको छ ।
केन्द्रीय बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलन गर्न आज पनि सूचना जारी गरेको छ । निक्षेप राख्न चाहने इच्छुक र योग्य बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्न सक्नेछन् ।
निक्षेपको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकनेछन् । यो निक्षेपको साँवा ब्याज भुक्तानी २०८२ जेठ १४ गते हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखेर आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ ।