रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, १२ प्रतिशत बोनस सेयर

२०८२ वैशाख २४ गते बुधबार ।
बैंकको खबर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०÷८१को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
इन्स्योरेन्सको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले निर्णय गरेपछि सेयरधनीमा वितरण हुनेछ ।