नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

२०८२ वैशाख २३ गते मंगलबार । 

बैंकको खबर । लगातार पाँच करोबार दिन घटेको सेयरबजारले मंगलबार रङ परिवर्तन गरेको छ । कारोबार मापक नेप्से परिसूचक एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।

आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ बराबरको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४६ कम्पनीमध्ये १२६ वटाको सेयरमूल्य घटेको छ । बाँकी १२० वटाको बढेको छ । 

सूचीकृत १३ समूहमध्ये जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ब्यापार समूह बढेका छन् । बाँकी सबै समूह घटेका छन् । जलविद्युत् एक दशमलव ४० प्रतिशत, जीवन बीमा शून्य दशमलव १३ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९ प्रतिशत, निर्जीवन बीमा समूह शून्य दशमलव ५७ प्रतिशत र व्यापार समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ । 

यस्तै, बैंकिङ समूह शून्य दशमलव ३५ प्रतिशत, विकास बैंक शून्य दशमलव ५० प्रतिशत, वित्त एक दशमलव २८ प्रतिशत, होटल तथा पर्यटन शून्य दशमलव ३३ प्रतिशत र लगानी समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । लघुवित्त समूह शून्य दशमलव ३० प्रतिशत, म्युचुअल फन्ड शून्य दशमलव १३ प्रतिशत र व्यापार समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फार्मासिटिकल्सको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको ९२ करोड ८९ लाख ६२ हजार ७६६ रुपैयाँको सेयर किनबेच भएको छ । 


शेयर गर्नुहोस