हिमालयन रिइन्स्योरेन्सले ४.५० प्रतिशत बोनस सेयर दिने
२०८२ वैशाख २३ गते मंगलबार ।
बैंकको खबर । हिमालयन रिइन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको वैशाख २२ गते बसेको ७१औँ बैठकले आर्थिक वर्ष २०८०/८१को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.५० प्रतिशत (४६ करोड ८० लाख रुपैयाँ) बोनस सेयर र सोमा लाग्ने लाभांश कर ०.२४ प्रतिशत (दुई करोड ४६ लाख ३१ हजार ५७८.९५ रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पास भएपछि सेयरधनीमा वितरण हुनेछ ।