सुनको मूल्य ५०० रुपैयाँ बढ्यो

२०८२ वैशाख २२ गते सोमबार ।
बैंकको खबर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।