वैदेशिक रोजगारीमा रहेका नेपालीले ट्रेड टावरको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

२०८२ वैशाख २२ गते सोमबार ।
बैंकको खबर । ट्रेड टावर लिमिटेडले बैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको प्राथमिक साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९।३० कित्ता सेयर वैशाख ८ गतेदेखि निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्काशनको लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा भने जोखिम रहेको संकेत गर्छ ।