मौद्रिक नीति आज सार्वजनिक गर्दै राष्ट्र बैंक

मौद्रिक नीति आज सार्वजनिक गर्दै राष्ट्र बैंक

२०८२ असार २७ गते शुक्रबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रस्ताव बिहीबार साँझ नै सञ्चालक समितिमा लगेको थियो । आज शुक्रबार सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि दिउँसो साढे एक बजे सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ ।

यसपटकको मौद्रिक नीति ऋण लगानी र केही अन्य नीतिगत विषयमा उदार भएर ल्याउने तयारी गरिएको स्रोतले बताएको छ । 

अहिले अर्थतन्त्र सुस्त छ । कर्जाको माग बढ्न सकेको छैन । बैंकिङ प्रणालीमा साढे ८ खर्ब हाराहारी अधिक तरलता छ । यस्तो बेला कर्जाको माग बढाउने गरी नीतिगत व्यवस्थाहरु गर्नुपर्ने दबाबमा केन्द्रीय बैंक छ । 


शेयर गर्नुहोस