सुनचाँदीको मूल्य आज पनि बढ्यो

२०८२ जेठ ८ गते बिहीबार ।
बैंकको खबर । नेपाली बजारमा आज (जेठ ८ गते बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १७०० रुपैयाँ बढेको छ भने चाँदी ३५ रुपैयाँ बढेको छ ।
बजारमा आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला २०२५ रुपैयाँमा कारोबार भइरहेको छ ।