क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

२०८१ माघ १५ गते मंगलबार ।

बीमा खबर । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

All banking information at your fingertips.


शेयर गर्नुहोस