सेयरबजार फेरि घट्यो, विकास बैंक र फाइनान्स समूहमा गिरावट
२०८१ पुस १४ गते आइतबार ।
सेयर खबर । विकास बैंक र फाइनान्स समूहमा बढी गिरावट आउँदा सेयरबजार दबाबमा देखिएको छ । कारोबारमापक नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५ड विन्दुमा झरेको छ ।
आज फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो भने विकास बैंक समूह २.६५ प्रतिशतले घटेको छ ।
पाँच अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४३ कम्पनीमध्ये १७२ वटाको सेयरमूल्य घटेको छ । तर ६९ वटाको बढेको छ भने दुई वटाको स्थिर रहेको छ ।
लघुवित्त १.१२, म्युचुअफ फन्ड ०.१८ र अन्य समूह ०.२९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको घटेका छन् ।
बैंकिङ ०.७, होटल तथा पर्यटन ०.६१, जलविद्यूत् १.७३, लगानी ०.६६, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.८१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह १.०३ प्रतिशतले घटेको छ ।
आज पाँच वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।