विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो, १६ महिना २४ दिनको वस्तु आयात पुग्ने

विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो, १६ महिना २४ दिनको वस्तु आयात पुग्ने

बैंकको खबर । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तसम्म ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई दुई २३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । 

२०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । 

आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६ महिना २४ दिनको वस्तु आयात र १३ महिना २१ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए ।

२०८१ असोज २९ गते मंगलबार ।


शेयर गर्नुहोस