मेरो माइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरो माइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बैंकको खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त स्वयम्भू, काठमाडौंलाई सहयोग गरेको छ । 

लघुवित्तले प्रहरी वृत्त स्वयम्भूमा रहेका ‘क्वीक रेस्पोन्स टिम’ लाई २० थान हेल्मेट, फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड र पन्जा हस्तान्तरण गरेको जनाएको छ । उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई हस्तान्तरण गरेका हुन् । 

स्वयम्भू क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुलाई चेकिङ गर्न,  गस्ती गर्न तथा जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको लघुवित्तले जनाएको छ ।आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक तथा आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिवद्धता लघुवित्तको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५० हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस