सेयरधनी उपस्थितिको कोरम नपुगेपछि हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा स्थगित

सेयरधनी उपस्थितिको कोरम नपुगेपछि हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा स्थगित

बैंक खबर । हिमाल दोलखा हाइड्रोपावरको वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनी ऐन, २०६३ तथा कम्पनी नियमावलीको व्यवस्था बमोजिम सेयरधनीहरुको उपस्थिति तोकिएको गणपूरक संख्या (कोरम) पुग्न नसकेपछि साधारणसभा स्थगित भएको कम्पनीले जनाएको छ । 

कम्पनीले २०८० चैत २९ गते विहान ११ बजे काठमाडौंको सुकेधारा स्थित सेलिब्रेशन हाइटमा पन्ध्रौं र सोह्रौं वार्षिका सधारणसभा डाकेको थियो । 

स्थगित साधारणसभाको मिति यथासिघ्र तय गरिने जानकारी पनि कम्पनीले गराएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस