गरिमा विकास बैंकको तीज गीत सार्वजनिक, टिकटकमा प्रतियोगिता, १० उत्कृष्टलाई नगद पुरस्कार

बैंक खबर । गरिमा विकास बैंकले हरितालिका तीजलाई लक्षित गरी तीज गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो गीतमा लोकगायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर छ । 

यससँगै बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा बैंकले सार्वजनिक गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई २० हजार रुपैयाँ तृतीयलाई १० हजार रुपैयाँ र बाँकी ७ वटा भिडियोलाई जनही ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार दिनभे भएको छ । 

टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरुको पूर्ण पालना गर्नुपर्छ । 

बैंकले देशभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ (गरिमा डिजी बटुवा, डेबिट÷क्रेडिट कार्ड, स्मार्ट क्यूआरलगायत) मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस