बैंकिङ ठगीबारे सचेत गराउन सिटिजन्स बैंकले सार्वजनिक गर्यो भिडियो

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ ठगीबारे सचेतना फैलाउन वित्तीय सचेतना सम्बन्धी भिडियो सार्वजनिक गरेको छ । बैंकले ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायसहित यो भिडियो सार्वजनिक गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले काठमाडौंमा आयोजित एक कन्फरेन्समा सो भिडियो सार्वजनिक गरेका हुन् । सो अवसरमा सीईओ पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीलाई उचच मनोवलका साथ काम गर्न आग्रह गरेका छन् । 

डिजिटलाइजेसनसँगै बैंकिङ ठगीका नयाँनयाँ घटना बढीरहेको सन्दर्भमा ग्राहकसँग ओटीपी, पासवर्ड, खाताको विवरण मागेर ठगी गर्नेहरु सक्रिय रहेको र त्यस्तो विवरण कसैलाई पनि नदिन बैंकले भिडियोमार्फत सचेत गराएको छ ।
भिडियो हेर्नुहोस्

All banking information at your fingertips.

शेयर गर्नुहोस