एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुँदा निम्तने जोखिमबारे सरकार सचेत छ - प्रधानमन्त्री

बैंक खबर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्याबारे सरकार सचेत रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यो समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका ह्न् । उनले यसबारेमा थप नीतिगत र कानुनी सुधार गर्दै जाने बताए । 

प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा केन्द्रित हुँदा जोखिम निम्तने र सीमित समूहले मात्रै प्रतिफल पाउने भएकाले एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जाको सीमा तोकिएको बताए । 

All financial information at your fingertips.

शेयर गर्नुहोस