सेयरबजार बढ्यो, साढे पाँच अर्बको कारोबार


सेयर खबर । सेयर बजार मंगलबार पनि बढेको छ । नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर २११९.६१ विन्दुमा कायम भएको छ । 

पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ रुपैयाँ बराबरको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता सेयर किनबेच भएको छ । 

बैंकिङ समूह ०.१७ प्रतिशत, लघुवित्त समूह ०.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ भने अरु सबै समूह बढेका छन् । सबैभन्दा धेरै अन्य समूह ३.५६ प्रतिशतले बढेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको ७५ करोड २७ लाख ८६ हजार नौ सय १८ रुपैयाँ बराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता सेयर किनबेच भएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस