नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता


बैंक खबर । नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय केसीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार दुई पक्षले आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धानमार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने र विभिन्न क्षेत्रमा सहकार्य गर्दै कार्यक्रमहरु अगाडि बढाउने सहमति भएको छ ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न इंन्टर्नशिप अवसरको लागि पनि सहकार्य गर्ने सम्झौता भएको छ । यस सहकार्यले  विश्वविद्यालय र संघको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको  छ ।

बैंकहरुबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकसंग सम्बन्धित नीति तथा पद्धतिमा एकरुपता कायम गर्न, एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी, काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट देशमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै, अध्ययन र अनुसन्धान मार्फत शैक्षिक उद्यमको वृद्धि र विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको संस्था हो ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस