सेयर बजारमा साढे चार अर्बको कारोबार, नेप्से १०.२६ अंकले बढ्यो


सेयर खबर । सेयर बजार परिसूचक नेप्से सोमबार १०.२६ अंकले बढेर २१ सय विन्दु माथि पुगेको छ । नेप्से २१०४.७२ विन्दुमा कायम भएको छ । 

बजारमा कारोबार रकम पनि बढेको छ । चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर किनबेच भएको छ । 

बैंकिङ समूह ०.०६, लघुवित्त समूह ०.०५ र निर्जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूह १.६४ र जलविद्युत् समूह १.०८ प्रतिशतले बढेका छन् ।

युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने 'गरिमा डिभेन्चर–२०८५' को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार आठ सय नौ रुपैयाँ बराबरको नौ लाख पाँच सय ११ कित्ता सेयर किनबेच भएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस