एभरेष्ट बैंकको मुनाफा बढ्यो


बैंक खबर । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वजनिक गरेको छ । बैंकले छ महिनामा एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहस् अवधिको तुलनामा ७.८८ प्रतिशतले धेरै हो । गतवर्ष दोस्रो त्रैमासमा बैंकले एक अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको ब्याज आम्दानी घटेपनि सञ्चालन आम्दानी बढ्दा बैंकको नाफामा सुधार भएको हो । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६२ करोड रुपैयाँ छ । जुन गत आर्थिक वर्षको तुलनामा १.२७ प्रतिशतले कम हो । यसैगरी, सञ्चालन आम्दानी २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ छ भने इम्पेरिमेन्छ चार्ज ४३ करोड २३ लाख रुपैयाँ छ ।

११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ सञ्चित गरेको छ । बैंकले दुई खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ । बैंकको खराब कर्जा ०.७७ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा छ ।

All financial information at your fignertips.

शेयर गर्नुहोस