नबिल बैंकले कमायो तीन अर्ब २० करोड, ईपीएस २३ रुपैयाँ ६८ पैसा


बैंक खबर । नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । तर खराब कर्जा बढ्न गई इम्पेरमेन्ट चार्जमा बढी पैसा छुट्याउनुपर्दा खुद नाफा घटेको देखिन्छ । बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा छ। बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । दोस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको छ। यस्तै मूल्य आम्दानी अनुपात २०.८३ गुणा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस