कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो


बैंक खबर । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ३२.१९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्म बैंकले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ कमाएको थियो ।

बैंकको ब्याज आम्दानी घटेको छ तर कमिसन र सञ्चालन नाफा बढेको र इम्पेरिमेन्ट चार्जेज पनि करिब ३० प्रतिशतले घटेकाले नाफामा सुधार भएको देखिएको छ । 

बैंकको खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा झरेको छ। गत वर्ष दोस्रो त्रैमासमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिर्जभमा १ अर्ब ५१ करोड रुपैयाँ छ।

बैंकको निक्षेप ५.२८ प्रतिशतले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ०.३० प्रतिशतले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ छ।

बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसाबाट बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस