पाँच महिनामा बैंकहरुले कमाए साढे २८ अर्ब


बैंक खबर । बैंकहरुले चालू आर्थिक वर्षको पाँच महिनामा करिब साढे २८ अर्ब रुपैयाँ कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिरसम्ममा २० वटा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका हुन् । 

बैंकहरुले मंसिर महिनामा मात्रै ७ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले पाँच महिनामा २ अर्ब ६९ रुपैयाँ नाफा कमाएको हो । नबिल पछि ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा धेरै कमाउने तेस्रो ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । यो बैंकले कुल २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यसपछि प्राइम बैंकले १ अर्ब ९२ करोड रुपैयाँ, एनआइसी एशिया बैंकले १ अर्ब ८५ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ४९ करोड रुपैयाँ, एनएमबी बैंकले १ अर्ब ४५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड, एभरेष्ट बैंकले १ अर्ब ४० करोड, कुमारी बैंकले एक अर्ब ३० करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड, नेपाल बैंकले १ अर्ब २१ करोड, र सानिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएका छन् । यी बाहेक अरु बैंकहरुको नाफा एक अर्ब भन्दा कम छ ।
कृषि विकास बैंकले सबैभन्दा कम १२ करोड रुपैयाँ नाफा कमाएको छ भने सिद्धार्थ बैंकले ६२ करोड र नेपाल एसबिआई बैंकले ७० करोड रुपैयाँ नाफा कमाएका छन् । यस्तै सिटिजन्स बैंक इन्टरनेशनलले ७४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ७६ करोड र लक्ष्मी सनराइज बैंकले ८९ करोड रुपैयाँ नाफा कमाएका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस