ग्लोबल आईएमई बैंकको अफर, विदेशबाट पैसा पठाउँदा क्यासब्याक


बैंक खबर । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा क्यासब्याक दिने अफर सहितको नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘पैसा आउने, थपेर पाउने’ नारासहित यो योजना सार्वजनिक गरेको हो । 

योजना अन्तर्गत ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक दिनेछ । बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको छ । 

विदेशबाट २५ हजार रुपैयाँसम्म पठाउँदा १०० रुपैयाँ, ५० हजार रुपैयाँसम्म पठाउँदा २०० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढी पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक दिने बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा आएको पैसामा अफर अनुसारको नगद थपेर जम्मा हुनेछ । यो योजना जनवरी ३१ सम्म लागू हुने बैंकले जनाएको छ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस