सेयरबजारमा उत्साहजनक वृद्धि


सेयर खबर । सेयर बजारमा परिसूचक नेप्से ३६.५७ विन्दुले बढेर २०५९.४९ अंक कायम भएको छ । आइतबार बिक्रेता हावी हुँदा घटेको बजार सोमबार खरिदकर्ताको चाप बढ्दा उत्साहजनक वृद्धि भएको छ ।

म्युचुाल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूहमा सबैभन्दा बढी ३.७२ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी र अन्य समूह दुई प्रतिशत बढीले बढेका छन् । 

१५ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् । छ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबारबाट कारोबार सुरु भएको हिमालयन रिइन्सुरेन्समा सकारात्मक सर्किट लागेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस