माउन्टेन इनर्जीको लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर दिने


सेयर खबर । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस २२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस